Baduli News

बाख्रा पालन बन्यो जीवन जिउने आधार ।

शिखर नगरपालिका–१० की हरु देवी बलायरका लागि आठ वर्षअघि श्रीमानको मृत्यु जीवनको सबैभन्दा ठूलो चोट मात्र होइन, जिम्मेवारीको पहाड पनि बनेर आयो। घरको भर पर्ने मान्छे गुमेपछि दुई छोरासहित तीन जनाको परिवार पाल्न निकै कठिन भयो। दैनिक ज्याला–मजदुरीमै निर्भर रहँदै जसो–तसो गुजारा चलाउँदै आएकी उनी स्वास्थ्य समस्या बढ्दै गएपछि मजदुरी गर्न पनि असमर्थ हुँदै गइन्। त्यसपछि त परिवारमा नै संकटमा पर्‍यो।

यही बीच तीन वर्षअघि सम विकास केन्द्र नेपाल र डिसिए को सहयोगमा सञ्चालित पहुंच परियोजना अन्तर्गत उनले चारवटा बाख्रा सहयोग स्वरूप प्राप्त गरिन्। यही सानो सुरुवातले उनको जीवनमा नयाँ मोड आयो। समयक्रममा बाख्राहरू बढ्दै गए, उनले खसी–बोका बिक्री गर्न थालिन्। बाख्रापालनबाट आएको आम्दानीले उनले घरमा आवश्यक भाँडा–कुडा किनिन्, अलिकति सुन जोडिन्, र केही जग्गा पनि थप्न सफल भइन्।

आज बाख्रा पालन नै उनको जीवनको मुख्य आधार बनेको छ। कठिन परिस्थिति, आर्थिक अभाव र स्वास्थ्य समस्यामाझ पनि नहारेकी हरु देवीको यो यात्रा साहस, निरन्तरता र सही सहयोग पाउँदा जीवन फेरिन सक्छ भन्नेको प्रेरणादायी उदाहरण बनेको छ।

By badulinews

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.