Category: Breaking 2

  • वर्षाले अवरुद्ध बनेका सडक मर्मत गर्दै डोटीका स्थानीय

    एकेन्द्र चन्द, डोटी आफ्नो गाउँ आफैं बनाउ भन्ने उद्देश्यका साथ लगातारको वर्षाले भत्किएका स्थानीय सडकहरु मर्मत गर्न डोटीका स्थानीय आफैँ जुटेका छन्। सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भएपछि डोटीको जोरायल गाउँपालिका वडा नम्बर -६ को पहलमा वडाका  आमा समुह , महिला समुह स्वास्थ्य समुह लगायतको सक्रियतामा वडाका विभिन्न टोल जाने ग्रामीण सडक मर्मत गरिएका छन । बर्षाले सडकमा पहिरो गएपछी  सवारीसाधन चल्न नसक्ने अवस्था आएको थियो ।जस्ले गर्दा   विद्यालय जानेदेखि लिएर बिरामी बोकेर स्वास्थ्य संस्था पुग्न समेत कठिन हुन थालेपछि स्थानीयले गैंतीर कोदालोका भरमा सडक खुलाउने काम थालेका हुन्  सडक सघै खानेपानी मर्मत , निर्माणाधीन अवस्थामा रहेको नेपाल टेलिकमको निरौली स्थिति टावर सम्म बिधुत लाइन बिस्तार चौतारी सरसफाइ लगाएतका काम गरेको जोरायल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो । श्रमदान मार्फत सानिगाड , डाडागाउ र  ,खसरे,सिरोडा,गुनड,देउथला हुँदै जोरायल जाने सडक,खसरे, सुनारि,खतेना बगिडा पातल ,आरुबटा न्वाली ,ग्वानी सडक  सर्सफाइ तथा मर्मत गरिएको निरौली महिला विकास समाजका अध्यक्ष रिता बोहराले बताउनुभयो। पहिले विकास निर्माण कार्य गर्दा श्रमदान पनि गर्ने गरिन्थ्यो अहिले श्रमदान गर्ने क्रम लगातार घटिरहेको छ । विकास आफ्नै लागि भएकाले आफूहरू श्रमदानमा खटिएको स्थानीयले बताएका छन्।

  • डोटीबाट प्रशासनको टोली पूजा सामग्री (पेटारो) बोकेर बडीमालिका प्रस्थान गरेको छ ।

    डोटीबाट प्रशासनको टोली पूजा सामग्री (पेटारो) बोकेर बडीमालिका प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि आज जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा टोली पैदल यात्रा गर्दै प्रस्थान गरेको हो ।
    प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विशेष पूजाआजा गरी टोलीलाई विदाइ गरेका छन। सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरिको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट विदाई गरिएको हो ।

    टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तको सहभागिता रहेको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ । डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्थान गर्ने प्रचलन चल्दै आएको छ । परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो।
    जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणाकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ ।
    जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बास बस्ने छ । दोस्रो दिन पूर्वीचौकी-५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ ।