Blog

  • नेपाली सेनाको पहलमा आगो नियन्त्रण ,ठूलो क्षती हुनबाट जोगियो।

    असोज २४,डोटी
    सुबास नेपाली
    दिपायल सिलगढी नगरपालिका वडा नं ५ स्थित महेश त्रिखत्रीको घरमा बिद्धुत सट भएर लागेको आगो नियन्त्रणमा आएको छ।
    बिहिवार साझ करिव सात बजे तिर बिद्धुत सट भएर सल्केको आगो डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण बाट खटिएको ६५ जनाको टोलि र स्थानियको सहयोगमा नियन्त्रणमा आएको हो।

    बिद्धुत सट भए पछि अन्य घरहरुमा सल्किन नपाउदै सेनाको टोलि पुगि ठूलो जनधनको क्षेती हुन बाट जोगिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिस्टले बताउनुभयो ।
    आगलागीबाट घरको काठ,घरभित्र रहेका खाद्यान्न ,कपडा,फर्निचर ,ल्यापटप ,टि भि,भाडा वर्तनमा आंसिक क्षेती भएको र बास भित्र राखिएको नगद १० हजार जलेर नस्ट भएको घर धनी महेश त्रिखत्रीले बताउनुभयो ।
    उक्त क्षेत्रमा पुराना शैलीका सिलेटले छाएका घरहरु पंक्तिबद्द रुपमा अवस्थित भएका कारण आगलागीको जोखिम उच्च रहेको छ।

  • भैरव प्रसाद गणले भित्र्यायो फुलपाति ।


    असोज १३,डोटी
    डोटीको सदरमुकाम सिलगढि स्थित नेपाली सेनाको भैरव प्रसाद गणले पनि हिन्दु धर्मको परम्परागत संस्कृति र आफ्नो प्रचलन अनुसार सलामी दिदै फुलपाती भित्र्याएको छ ।

    जिल्ला सदरमुकाम सिलगढी स्थित शैलेश्वरि मन्दिरबाट माता शैलेश्वरि भगवतीको पुजा आराधना तथा कालिका मन्दिरमा कुपिण्डोको बलि दिई सेनाको ब्यारेकभित्र फूलपाती भित्र्याएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिस्टले बताउनुभयो।

    प्रत्येक वर्ष दुर्गा पक्ष आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।
    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

  • दिपायल सिलगढि नगरपालिका द्वारा बजार अनुगमन ।

    असोज ७,डोटी
    सुबास नेपाली

    दिपायल सिलगढि नगरपालिकाले दसैँ, तिहार लगायतका चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन तीव्र पारेको छ ।

    दिपायल सिलगढि नगरपालिकाकि उप प्रमुख कलावति महर साउदको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटी, नापतौल तथा गुणस्तर कार्यालय डोटी , उद्योग वाणिज्य संघ,जिल्ला प्रशासन कार्यालय ,जिल्ला प्रहरी कार्यालय डोटीको साझेदारीमा दिपायल सिलगढी नगरपालिकाको वडा नं ६ र ८ बजार क्षेत्रमा संयुक्त अनुगमन गरिएको छ । 

    चाडपर्वको बेला बजारमा कालोबजारी बढी हुने र म्याद गुज्रेका अखाद्य वस्तुहरु बिक्री वितरण रोक्न र मूल्य वृद्धिलाई नियन्त्रण गर्न बजार अनुगमन थालिएको दिपायल सिलगढि नगरपालिकाकि नगर उप प्रमुख कलावति महर साउदले बताउनुभयो।

    उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले समय समयमा बजार अनुगमन गर्दै आएको र चाडपर्वमा खाद्यान्न वस्तुको मुल्य वृद्धि र अखाद्य वस्तुको बिक्रीवितरण बढि हुने भएका कारण बजार अनुगमनले ब्यापारीहरुलाई सचेत गराउन सहयोग पुगेको स्थानीय ब्यापारी रबिन्द्र बोगटीले बताउनुभयो ।

    अनुगमन टोलीले स्थानीय बजारका पसल ,होटेल ,मासुपसल अनुगमन गर्नुका साथै मूल्यसूची, सरसफाइ र म्याद गुज्रिएका सामानको अवस्था जाँच गरेको थियो।

    उपभोक्ताको स्वास्थ्य र कालोबजारी नियन्त्रण गर्न नगरपालिकाले बजार अनुगमनलाई ९ वटै वडामा तिब्र पारिने जनाएको छ।

  • नेपाली सेनाको सहयोग तथा वडाको समन्वयमा ऐतिहासिक गनैरगौडा सरसफाई तथा रंगरोगन।

    सुबास नेपाली
    असोज ७,डोटी

    एतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको गनैरगौडा अर्थात दिपायल कोट क्षेत्रमा सरसफाइ,रंगरोगन तथा मर्मत कार्य गरिएको छ।

    उक्त क्षेत्रमा रहेका पुराना दरबारका भग्ना अवषेशहरु पुरिने तथा भत्किने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले डोटी स्थित नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अडडा र दिपायल सिलगढी नगर पालिका वडा नं २ को सहकार्यमा उक्त क्षेत्रमा जाने बाटो मर्मत,कोट भैरव मन्दिरमा रंग रोगनका साथै सरसफाइ गर्ने कार्य गरिएको श्री नम्बर ५ बाहिनी अडडाका बाहिनीपति सहायक रथि बालकृष्ण कार्किले जानकारी दिनुभयो।

    एतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको उक्त क्षेत्रमा जताततै फोहर गरिनुका साथै झार उम्रेका कारण उक्तक्षेत्रमा भएका पुरातात्त्विक बस्तुहरु पुरिने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले मर्मत तथा सरसफाइ कार्य गरिएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खडकाले बताउनुभयो ।

    उक्त क्षेत्रमा अबलोकनका लागि आउने पर्यटकहरुले गरेको फोहर र झार उम्रेका कारण अशोभनीय देखिएको र मर्मत तथा सरसफाइ पश्चात उक्त क्षेत्रको रुप फेरिएको र एतिहासिक स्थलहरु संरक्षणमा नेपाली सेना र वडा कार्यालयले गरेको कार्य सर्हानिय भएको स्थानीय रोसन कोलिले बताउनुभयो ।

    डोटी राज्यको दरवार अर्थात मूलगढ डडेलधुरा जिल्ला स्थित अजयमेरुमा थियो । जसलाई अजैमर कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुदै आएकोमा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वीभागतिर गनैर गौडा नामक डाँडामा राजदरवार अर्थात कोट निर्माण हुन गई त्यहाँवाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन थालेको इतिहासकार बताउछन।तत्कालिन डोटेली राजाको दरवारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नाबशेषका रूपमा रहेका छन् ।

  • स्वरोजगारका लागी बाख्रा बितरण।

    डोटी ,भाद्र२२
    सुबास नेपाली

    शिखर नगरपालिका वडा नं ८ का बिपन्न ,गरिब तथा दलित महिलाहरुलाई बाख्रा बितरण गरिएको छ।

    शिखर नगरपालिकाको समन्वय तथा सम बिकास केन्द्र नेपाल र डि सि ए को सहयोगमा शिखर नगरपालिकाका वडा नं ८ का रक्षा महिला समुहका ३० जना बिपन्न ,गरिब तथा दलित महिलाहरुलाई जनहि ३ वाख्राका दरले ९० र १ बिउ बोका गरि करिव १० लाख बराबरका बाख्रा बितरण गरिएको सम बिकास केन्द्र पहुँच परियोजनाका कार्यक्रम संयोजक टेक बहादुर नेपालीले बताउनुभयो ।

    बाख्रा बितरणको उदेश्य महिला दिदीबहिनीहरुलाई बाख्रा पालन संगसंगै आर्थिक आयआर्जन संग जोड्नु रहेको सम बिकास केन्द्रका प्रबन्ध निर्देशक महेस त्रिखत्रीले बताउनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि तथा शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले महिलाको सशक्तिकरण र दिगो जीविकोपार्जनका लागि यस किसिमका कार्यक्रम आवश्यक रहेको बताउनुभयो साथै लाभान्वित महिलाहरुलाई बाख्रा पालन स्वरोजगारको दरिलो आधार भएका कारण मेहनत गरेर लाग्न पनि आग्रह गर्नु भयो।

    लाभान्वित महिलाहरुले यस कार्यक्रमले आफूहरुलाई आत्मनिर्भर बनाई आय आर्जनको बाटो खोलिदिएको भन्दै खुशी व्यक्त गरेका छन्।

  • महिला हिंसा न्यूनीकरण गर्न महिला र पुरुष बिच अन्तरक्रिया ।

    डोटी ,भाद्र १५

    दिपायल सिलगढी नगरपालिका वडा नं. ४ मा लैंगिक समानता सम्बन्धी अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ।
    कार्यक्रममा महिला तथा पुरुष दुवैको सहभागिता रहँदा लैंगिक हिंसा सम्बन्धी समस्या र त्यसलाई न्यूनीकरण गर्न पुरुषहरूको भूमिका तथा जिम्मेवारीका साथसाथै जातिय विभेद न्यूनीकरण सम्बन्धी विस्तृत छलफल गरिएको थियो।

    छलफलको उद्देश्य परिवार र समाजमा पुरुष–महिला बीचको सम्मानजनक र सुखद सम्बन्ध निर्माण गर्दै पुरुषहरूको सक्रिय संलग्नता मार्फत महिला सशक्तिकरण र लैंगिक समानतालाई प्रवर्द्धन गर्नुका साथसाथै समाजमा रहेको जातिय विभेद न्यूनीकरणमा सरोकारवालाको भुमिका सम्बन्धि छलफल भएको दलित महिला संघ फेडोका जिल्ला कार्यक्रम संयोजन संकर विश्वकर्माले बताए।

    सहभागीहरूले पुरुषहरूको भूमिका घरायसी काममा बराबरी योगदान, छोराछोरीप्रति समान व्यवहार, महिलाको निर्णय प्रक्रियामा सम्मानजनक सहभागिता, असमान व्यवहारप्रति प्रतिवाद, साथी–समुदायलाई लैंगिक संवेदनशील बनाउन सक्रियता, महिलाको भविस्य र निर्णयलाई समर्थन, घरेलु हिंसा, यौन हिंसा तथा जबर्जस्ती विवाह विरुद्ध स्पष्ट आवाज, जातिय विभेदका साथै समाजमा प्रचलित “पुरुष रुनु हुँदैन” वा “महिलाले मात्र घरको काम गर्छिन्” जस्ता गलत धारणालाई हटाउनेतर्फ हुनुपर्ने सुझाव दिएका थिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संयोजक शंकर विश्वकर्माले भन्नुभयो, “लैंगिक समानता तब मात्र सम्भव हुन्छ जब पुरुषहरू सहयात्रीका रूपमा अघि सर्छन्। पुरुषहरू सहयोगी मात्र नभई परिवर्तनका नेतृत्वकर्ता बन्नुपर्छ। समावेशी, न्यायपूर्ण र सन्तुलित समाज निर्माणका लागि पुरुषहरूको सक्रिय भूमिका अपरिहार्य छ।”

    उक्त अन्तरक्रियामा ३५ जना सहभागी भएका थिए। आयोजकका अनुसार कार्यक्रममा भएको छलफलले लैंगिक समानता प्रति सकारात्मक धारणा विकासमा टेवा पुर्‍याएको छ।

  • डिजिटल साक्षरता र साईबर अपराध सम्बन्धि अभिमुखिकरण सम्पन्न ।

    डोटी ,भाद्र १४

    डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै यसको अवसर र जोखिमबारे सचेतना आवश्यक रहेको भन्दै दलित महिला संघ फेडोको आयोजना तथा जिल्ला प्रहरी कार्यालय डोटीको समन्वयमा डोटीको पिपल्लामा २ दिने “डिजिटल साक्षरता तथा साइबर अपराध सम्बन्धि अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको छ।

    कार्यक्रममा सहभागीहरूलाई अनलाइन सुरक्षा, सामाजिक सञ्जालको जिम्मेवार उपयोग, पासवर्ड सुरक्षा, साइबर ठगी तथा हैकरबाट जोगिने उपाय लगायतका विषयमा जानकारी दिइएको थियो।

    समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढि नगरपालिकाका नगर प्रमुख बाजि सिंह खडकाले नेपालमा तीव्र गतिमा बढिरहेको साइबर अपराधका नयाँ प्रवृत्ति र यसलाई रोकथाम गर्न आवश्यक डिजिटल साक्षरता, सचेतना र कानुनी प्रावधानबारे प्रष्ट पार्नुभयो।
    सामाजिक संजालको सहि सदुपयोग गर्न सके फाईदा र दुरुपयोग भए धेरै क्षेति व्यहोर्नुपर्ने पनि बताउनुभयो ।
    डिजिटल प्रविधिको प्रयोगलाई सुरक्षित, जिम्मेवार र उत्पादनशील बनाउन यस्ता अभिमुखिकरण कार्यक्रमले सहयोग पुग्ने पनि नगर प्रमुख खडकाले बताउनुभयो।

    कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलले साइबर अपराधका नयाँ प्रवृत्तिहरु आईरहेको हुदा सामाजिक संजाल प्रयोग गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै दलित महिला संघ फेडो डोटीकि कार्यसमिति सदस्य तथा समापन कार्यक्रमकि सभापति मन्जु नेपालीले अभिमुखिकरणले सामाजिक संजालको प्रयोग गर्दा धेरै कुराको ख्याल गर्नु पर्ने बताउदै कार्यक्रमको उदेश्य सामाजिक संजालबाट हुने ठगी र साईबर अपराध सम्बन्धी सचेतना फैलाउने रहेको पनि बताउनुभयो ।

    कार्यक्रममा दलित महिला संघ फेडोका के आई सिंह गाउपालिका र दिपायल सिलगढि नगरपालिकाकामा गठित समुह ,संजाल र वडा सदस्यको उपस्थिति रहेको थियो।

  • पुस्तकालय दिवसमा वक्तृत्वकला र हस्तलेखन प्रतियोगिता।

    भाद्र,११डोटी
    बिक्रम के सि

    “हाम्रो पुस्तकालय : हाम्रो भविष्य ” भन्ने मुल नाराका साथ यस वर्षको १८ औ पुस्तकालय दिवस डोटी बहुमुखी क्याम्पसले वक्तृत्वकला र हस्तलेखन प्रतियोगिता गरी मनाएको छ ।

    वक्तृत्वकलामा प्रथम किरण धामी, दोस्रो सुवास खड्का र तेस्रो जेनिश वोहरा भएका छन् भने हस्तलेखन प्रतियोगितामा प्रथम भुपेन्द्र साउद, दोस्रो आकृती श्रेष्ठ र तेस्रो धर्म सिंह वम भएका थिए ।

    कार्यक्रममा सभापतीको आसन ग्रहण पुस्तकालय तथा प्रयोगशाला समिति अध्यक्ष अर्जुन बहादुर देउवा, प्रमुख अतिथी निमित्त क्याम्पस प्रमुख लोकराज भट्ट, अतिथीमा स्व वि यु सभापती इन्द्र राणा रहेका थिए भने निर्णायकमा : होमनाथ जोशी,तिलकराज पाण्डेय,भरत खड्का र कार्यक्रम सञ्चालन विक्रम के सी ले गर्नु भएको थियो ।

  • वडा नं ६ को शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सम्पन्न ।

    डोटी, भाद्र १०
    दिपायल सिलगढि नगरपालिका वडा नं ६ को आयोजनामा
    तिज विशेष कार्यक्रम सम्पन्न भएको छ।

    हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सिलगढिमा अवस्थित प्रसिद्ध शक्ति पिठ शैलेश्वरि मन्दिर प्रांगणमा सम्पन्न भएको हो।

    हिन्दु महिलाहरुको महान पर्व तिजको अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिएको वडा अध्यक्ष नरेश मलासिले बताए।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा ओझाले तिज महिलाहरुको दुख सुख बिसाउने थलो भएका कारण यसलाई मौलिक ढंगबाट मनाउनु पर्नेमा जोड दिनुभयो ।हाम्रा चाड पर्वहरु हाम्रा अमुल्य सम्पति भएका कारण यसलाई जोगाई राख्नु पर्ने दायित्व पनि हामी सबैको रहेको पनि ओझाले बताउनुभयो ।

    कार्यक्रममा जोरायल गाउपालिका अध्यक्ष प्रमुख अतिथि दुर्गा ओझा, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी ,अतिथि श्री भैरव प्रसाद गणका गणपति कमल सिंह बिष्ट ,प्रहरी उपरीक्षक बिनोद शर्मा, शसस्त्र प्रहरी उपरीक्षक ,राष्ट्रिय अनुसन्धान अधिकृत ,वडा नं ५ का वडा अध्यक्ष गणेश भण्डारी रहनु भएको थियो भने करिब २ हजार ५ सय जना स्थानिय महिलाहरुको उपस्थिति रहेको वडा अध्यक्ष मलासिले जानकारी दिनुभयो।

  • दलित महिला संघ (फेडो)डोटी को तिज विषेश कार्यक्रम सम्पन्न ।

    दलित महिला संघ फेडोको आयोजनामा हरितालिका तिज विषेश कार्यक्रम सम्पन्न भएको छ।

    हरितालिका तिजको अवसरमा दिपायल सिलगढि नगरपालिका वडा नं ५ देखि ९ सम्मका दलित महिला संघ फेडो द्वारा गठित समुह तथा संजालका करिब २ सय महिला हरुको सहभागिता रहेको थियो।

    जिल्ला समन्वय समिती डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्य दिपायल सिलगढि नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश भण्डारी विशिष्ट अतिथि र द्लित महिला संघ फेडोका अध्यक्ष सरिता दयालिको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो।