
डोटी, भाद्र १०
दिपायल सिलगढि नगरपालिका वडा नं ६ को आयोजनामा
तिज विशेष कार्यक्रम सम्पन्न भएको छ।
हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा तिज मिलन कार्यक्रम सिलगढिमा अवस्थित प्रसिद्ध शक्ति पिठ शैलेश्वरि मन्दिर प्रांगणमा सम्पन्न भएको हो।
हिन्दु महिलाहरुको महान पर्व तिजको अवसर पारेर सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिएको वडा अध्यक्ष नरेश मलासिले बताए।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जोरायल गाउपालिकाका अध्यक्ष दुर्गा ओझाले तिज महिलाहरुको दुख सुख बिसाउने थलो भएका कारण यसलाई मौलिक ढंगबाट मनाउनु पर्नेमा जोड दिनुभयो ।हाम्रा चाड पर्वहरु हाम्रा अमुल्य सम्पति भएका कारण यसलाई जोगाई राख्नु पर्ने दायित्व पनि हामी सबैको रहेको पनि ओझाले बताउनुभयो ।
कार्यक्रममा जोरायल गाउपालिका अध्यक्ष प्रमुख अतिथि दुर्गा ओझा, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी ,अतिथि श्री भैरव प्रसाद गणका गणपति कमल सिंह बिष्ट ,प्रहरी उपरीक्षक बिनोद शर्मा, शसस्त्र प्रहरी उपरीक्षक ,राष्ट्रिय अनुसन्धान अधिकृत ,वडा नं ५ का वडा अध्यक्ष गणेश भण्डारी रहनु भएको थियो भने करिब २ हजार ५ सय जना स्थानिय महिलाहरुको उपस्थिति रहेको वडा अध्यक्ष मलासिले जानकारी दिनुभयो।