
डोटी ,भाद्र२२
सुबास नेपाली
शिखर नगरपालिका वडा नं ८ का बिपन्न ,गरिब तथा दलित महिलाहरुलाई बाख्रा बितरण गरिएको छ।
शिखर नगरपालिकाको समन्वय तथा सम बिकास केन्द्र नेपाल र डि सि ए को सहयोगमा शिखर नगरपालिकाका वडा नं ८ का रक्षा महिला समुहका ३० जना बिपन्न ,गरिब तथा दलित महिलाहरुलाई जनहि ३ वाख्राका दरले ९० र १ बिउ बोका गरि करिव १० लाख बराबरका बाख्रा बितरण गरिएको सम बिकास केन्द्र पहुँच परियोजनाका कार्यक्रम संयोजक टेक बहादुर नेपालीले बताउनुभयो ।
बाख्रा बितरणको उदेश्य महिला दिदीबहिनीहरुलाई बाख्रा पालन संगसंगै आर्थिक आयआर्जन संग जोड्नु रहेको सम बिकास केन्द्रका प्रबन्ध निर्देशक महेस त्रिखत्रीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले महिलाको सशक्तिकरण र दिगो जीविकोपार्जनका लागि यस किसिमका कार्यक्रम आवश्यक रहेको बताउनुभयो साथै लाभान्वित महिलाहरुलाई बाख्रा पालन स्वरोजगारको दरिलो आधार भएका कारण मेहनत गरेर लाग्न पनि आग्रह गर्नु भयो।
लाभान्वित महिलाहरुले यस कार्यक्रमले आफूहरुलाई आत्मनिर्भर बनाई आय आर्जनको बाटो खोलिदिएको भन्दै खुशी व्यक्त गरेका छन्।