Baduli News

नेपाली सेनाको सहयोग तथा वडाको समन्वयमा ऐतिहासिक गनैरगौडा सरसफाई तथा रंगरोगन।

सुबास नेपाली
असोज ७,डोटी

एतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको गनैरगौडा अर्थात दिपायल कोट क्षेत्रमा सरसफाइ,रंगरोगन तथा मर्मत कार्य गरिएको छ।

उक्त क्षेत्रमा रहेका पुराना दरबारका भग्ना अवषेशहरु पुरिने तथा भत्किने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले डोटी स्थित नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अडडा र दिपायल सिलगढी नगर पालिका वडा नं २ को सहकार्यमा उक्त क्षेत्रमा जाने बाटो मर्मत,कोट भैरव मन्दिरमा रंग रोगनका साथै सरसफाइ गर्ने कार्य गरिएको श्री नम्बर ५ बाहिनी अडडाका बाहिनीपति सहायक रथि बालकृष्ण कार्किले जानकारी दिनुभयो।

एतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको उक्त क्षेत्रमा जताततै फोहर गरिनुका साथै झार उम्रेका कारण उक्तक्षेत्रमा भएका पुरातात्त्विक बस्तुहरु पुरिने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र सम्बर्द्धन गर्ने उदेश्यले मर्मत तथा सरसफाइ कार्य गरिएको वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खडकाले बताउनुभयो ।

उक्त क्षेत्रमा अबलोकनका लागि आउने पर्यटकहरुले गरेको फोहर र झार उम्रेका कारण अशोभनीय देखिएको र मर्मत तथा सरसफाइ पश्चात उक्त क्षेत्रको रुप फेरिएको र एतिहासिक स्थलहरु संरक्षणमा नेपाली सेना र वडा कार्यालयले गरेको कार्य सर्हानिय भएको स्थानीय रोसन कोलिले बताउनुभयो ।

डोटी राज्यको दरवार अर्थात मूलगढ डडेलधुरा जिल्ला स्थित अजयमेरुमा थियो । जसलाई अजैमर कोट भनिन्छ । पहिला त्यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुदै आएकोमा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको दिपायलको पूर्वीभागतिर गनैर गौडा नामक डाँडामा राजदरवार अर्थात कोट निर्माण हुन गई त्यहाँवाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन थालेको इतिहासकार बताउछन।तत्कालिन डोटेली राजाको दरवारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नाबशेषका रूपमा रहेका छन् ।

By badulinews

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.