
कार्तिक १,डोटी
आगलागीको समयमा उद्दार, राहत, सहजीकरण कसरी गर्न सकिन्छ भन्ने जानकारी दिने उदेश्यले लगायतका आगलागी सम्बन्धी कृतिम घटना अभ्यासको गरिएको छ।
तिहारको समयमा विभिन्न माध्यमबाट आगलागीका घटनाहरु हुन सक्ने भन्दै जिल्ला विपद व्यवस्थापन समिति डोटीको आयोजनामा तथा श्री भैरब प्रसाद गणको संयोजकत्वमा दिपायल सिलगढी नगरपालिका वडा नं छ स्थित टुडिखेलमा आगलागि सम्बन्धी कृतिम अभ्यास गरिएको हो।
चाडवाड्को समयमा आगलागीका घटनाबाट हुन सक्ने र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने जानकारी दिने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुभयो ।

विशेष गरेर तिहारको समयमा विद्युत सट हुने पटका र ग्यास चुहावट भएर आगलागी हुन सक्ने भएकाले त्यसबाट बच्न र आगलागी पश्चात् के के गर्ने भन्ने आम नागरिकहरुलाई जानकारी दिने उदेश्यले कृत्रिम घटना अभ्यासको आयोजना गरिएको भैरव प्रसाद गणका सेनानी सुशील कुमार राउतले बताउनुभयो ।

अभ्यास कार्यक्रममा आगलागी भए पछि अपनाउनु पर्ने सावधानी , खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु-याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धि काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको थियो।