
कार्तिक २७,डोटी
सुबास नेपाली
नेपाली सेनाका बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठले सुदूरपश्चिम प्रदेशस्थित विभिन्न सैनिक युनिटहरूको निरीक्षण गर्नुभएको छ।
आफ्नो नियमित निरीक्षण कार्यक्रममा रहनु भएका श्रेष्ठले बाजुरा,डोटी ,अछाम लगायतका सैनिक युनिटहरुमा पुगेर सेनाको गतिविधि, तालिम र प्रशासनिक व्यवस्था बारे जानकारी लिनु भएको हो।
निरीक्षणका क्रममा बलाध्यक्ष रथी श्रेष्ठले सेनाको अनुशासन, दक्षता र जनसेवामा समर्पणलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुका साथै विपद् व्यवस्थापन र निर्वाचनमा सेनाको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक तयारीका लागि सम्पुर्ण सकलदर्जाहरूलाई निर्देशन दिनुभयो।
बलाध्यक्ष रथि श्रेष्ठले सेनाका सम्पुर्ण सकल दर्जाहरूसँग उत्साहजनक सम्बोधन गर्दै राष्ट्रको सुरक्षा र स्थायित्वमा सेनाको योगदान महत्त्वपूर्ण रहेको बताउँदै जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन्।