Baduli News

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास सम्पन्न।

मंसिर ०९ डोटी
सुबास नेपाली
आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यले भैरव प्रसाद गणद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगको सहयोगमा भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यास गरिएको छ।
अभ्यासका क्रममा भीड व्यवस्थापन, आकस्मिक अवस्था नियन्त्रण, दंगा नियन्त्रणका रणनीति, सुरक्षाकर्मीहरूको तालीमप्रति तयारीको अवस्था तथा सुरक्षा निकायहरु विचको समन्वयलाइ अझै प्रभावकारी बनाउन संचालन गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी कमल सिंह बिष्टले बताउनुभयो ।

कार्यक्रममा आधुनिक उपकरणको प्रयोग, संवेदनशील क्षेत्रको सुरक्षा, भीड मनोविज्ञान बुझेर तत्काल निर्णय लिन सकिने क्षमताको मूल्यांकनजस्ता विषयहरू समावेश गरिएको थियो।
आगामी निर्वाचनमा सम्भावित जोखिमहरूलाई न्यूनिकरण गर्न यस किसिमका अभ्यासहरू अत्यन्त महत्वपूर्ण रहने डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । अभ्यासले सुरक्षाकर्मीको प्रतिक्रिया क्षमता, समन्वय, र नेतृत्व कौशलको समेत परीक्षण गरेको पनि उहाले बताउनुभयो।

By badulinews

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.