Baduli News

सचेतना समूह र बाख्रा पालनले उज्यालिएको सुन्तलीको भविष्य

केआई सिंह गाउँपालिका–१ की सुन्तली लुहार एक एकल महिला हुन्। पाँच वर्षअघि श्रीमानको निधन भएपछि उहाँको जीवन असाध्यै कठिन बन्यो। घरमा ६ जनाको परिवार, छोराछोरीको पढाइ, दैनिक खर्च– सबै श्रीमानकै भरमा चल्ने गरेको थियो। श्रीमान बितेपछि परिवार पाल्न, बालबालिकाका लागि किताब–कापी जुटाउनसमेत समस्या पर्ने अवस्थाले उहाँ मानसिक र आर्थिक दुवै रूपले थला परेकी थिइन्।

यही बीच सम विकास केन्द्र नेपाल अन्तर्गत डिसिए को सहयोगमा सञ्चालित पहुंच परियोजना अन्तर्गत गठन भएको सचेतना महिला समूहमा उहाँ आवद्ध हुनुभयो। समूहमा जोडिएपछि परियोजनाबाट उहाँलाई ४ वटा बाख्रा सहयोग स्वरूप प्रदान गरियो। यही ४ वटा बाख्राले सुन्तलीको जीवनमा नयाँ आशा बोकेर आयो।

उहाँले मिहिनेतसाथ बाख्रा पालन गर्नुभयो। बाख्राबाट उत्पादन भएका बोका–खसी बेचेर आएको आम्दानीले उहाँले छोराछोरीलाई पढाउन थाल्नुभयो। आर्थिक अभावका कारण भारत पठाएका जेठा छोरालाई पनि बाख्रा पालनले राम्रो आय हुने भएपछि घर फर्काउन सक्नुभयो। अहिले उहाँका छोराले कक्षा १२ मा अध्ययन गरिरहेका छन् भने अर्को छोरा अध्ययनका लागी धनगढी पठाएकी छिन र छोरी स्थानिय बिधालयमा अध्ययन गरिरहेकी छिन।
बाख्रा पालनबाट घरखर्च चलाउने मात्र होइन, सुन्तलीले केही रकम बचत गर्न पनि सफल हुनुभएको छ। आज उहाँ आफ्नो परिवारलाई आत्मविश्वाससहित अगाडि बढाइरहेकी छिन्।

सुन्तली लुहारको कथा प्रमाण हो—सही अवसर, मिहिनेत र सीपले जीवनका कठिनाइलाई जित्न सकिन्छ।

By badulinews

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.