Author: Baduli

  • नागरिकहरुलाई संबैधानिक व्यावस्था बमोजिमको स्वास्थ्य सुबिधा उपलब्ध गराउन सरकार लागि परेको छ।-मन्त्री पौडेल

    भाद्र ६ डोटी

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले नेपालका स्वास्थ्य संस्था पुर्ण नभएको बताएका छन।

    पुर्बिचौकि गाउपालिकामा निर्माण सम्पन्न भएको पालिका स्तरीय १० शैयाको अस्पताल उदघाटन गर्न डोटी आईपुगेका मन्त्री पौडेलले प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा जनशक्ति ,उपकरण ,पुर्वाधार जस्ता कुराको अभावले गर्दा संबैधानिक व्यावस्था बमोजिमको स्वास्थ्य सुबिधा नागरिकले प्राप्त गर्न नसकेको बताउनुभएको हो।

    आधारभुत स्वास्थ्य सेवा निशुल्क भनिय पनि त्यो सेवा धेरै जसो ठाउमा उपलब्ध नभएको र निशुल्क भएका ठाउमा पनि प्रभावकारि नभएको उहाले बताउनुभयो ।

    नागरिकहरुलाई संबैधानिक व्यावस्था बमोजिमको स्वास्थ्य सुबिधा उपलब्ध गराउन स्वास्थ्यका क्षेत्रमा थप काम गर्नु पर्ने र त्यस्का लागि सरकार आफ्नो क्षमताले भ्याएसम्म लागि परेको पनि उहाले बताउनुभयो ।

    मन्त्री पौडेलले सबैभन्दा स्वास्थ्य संबेदनसिल क्षेत्र भएका कारण अन्य बिकास रोकेर पनि स्वास्थ्य क्षेत्रको बजेट बढाउन आवस्यक रहेको बताउदै संघ ,प्रदेश र स्थानीय सरकारले आफ्नो कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्ने बताउनु भयो।

    योगदानमा आधारित बिमा प्रणाली लागु गरेर स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने योजनामा सरकार रहेको पनि उहाले बताउनुभयो ।

  • नागरिकहरुलाई संबैधानिक व्यावस्था बमोजिमको स्वास्थ्य सुबिधा उपलब्ध गराउन लागि परेको छ।-मन्त्री पौडेल

  • लागूपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

    डोटी, भदौ ४
    शंकर विश्वकर्मा

    लागूपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम दिपायल सिलगढी नगरपालिका–६ मा सम्पन्न भएको छ।

    दलित महिला संघ (फेडो) र न्याय तथा अधिकार संस्था नेपाल (जुरि नेपाल) को संयुक्त साझेदारी तथा युएन वुमनको सहयोगमा सञ्चालित हाम्रो सहकार्य परियोजना अन्तर्गत गठन भएको संकल्प पैरवी समूह, डोटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा दलित महिला संघ, जुरि नेपाल र दिपायल सिलगढी नगरपालिका वडा नं. ६ को सहकार्य थियो।

    कार्यक्रममा OCMC प्रतिनिधि जानकी सिंह, फेडो जिल्ला अध्यक्ष सरिता दयाली, वडा सदस्य चन्द्रा नेपाली, र जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायक निरीक्षक क्षेत्रबहादुर चन्दले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण संकल्प पैरवी समूहकी सहजकर्ता मन्जु नेपालीले गरेकी थिइन्।

    अन्तरक्रियामा सहभागी महिलाहरूले युवामाझ लागूपदार्थ प्रयोगको प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै, सुरुवातमै परिवार र प्रहरी प्रशासनलाई जानकारी दिनुपर्ने सुझाव प्रस्तुत गरे।

    प्रहरी नायक निरीक्षक चन्दले कुलतमा फसेका युवालाई सुधार्ने वातावरण सिर्जना गर्नु सबैको जिम्मेवारी भएको बताउँदै कानुनी प्रावधानबारे जानकारी गराए। उनले अभिभावकहरू सचेत रहनुपर्नेमा जोड दिँदै लागू पदार्थ सेवन गर्ने बानी आपराधिक गतिविधिसँग प्रत्यक्ष सम्बन्धित हुने बताए।

    त्यस्तै, OCMC प्रमुख सिंहले आपतकालीन अवस्थामा नजिकैको OCMC सेवाको उपयोग गर्न सकिने जानकारी दिँदै घरेलु हिंसा वा दुर्व्यवहार भएमा कानुनी प्रक्रिया अघि बढाउन सकिने उल्लेख गरिन्।

    वडा अध्यक्ष मलासीले युवालाई कुलतबाट जोगाउन विद्यालय स्तरमै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु प्रभावकारी हुने धारणा राख्दै, समाजका विभिन्न संघ–संस्थाले बृहत जनचेतना अभियान सञ्चालन गर्नु अपरिहार्य रहेको बताए।

    सहभागीहरूले लागू पदार्थ सेवनका कारण अपराधदर बढ्ने खतरा रहेको औंल्याउँदै प्रहरी, समाज तथा परिवारको संयुक्त पहलबाट मात्र यसको प्रभावकारी नियन्त्रण सम्भव हुने निष्कर्ष निकाले।

    फेडो जिल्ला संयोजक शंकर विश्वकर्माले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै समुदायमा व्यापक रूपमा भइरहेको लागूपदार्थ बिक्री–वितरण र सेवनले युवा पुस्ता बिग्रँदै गएको उल्लेख गर्दै, यस सम्बन्धी महाअभियान नागरिक समाज र सरोकारवाला निकायहरूले सञ्चालन गर्नुपर्ने धारणा राखे।

  • दलित महिलाका लागि ३ दिने व्यवसाय विकास तथा वित्तीय साक्षरता तालिम सम्पन्न।

    डोटी ,श्रावण २५
    शंकर विश्वकर्मा

    दलित महिलाहरूको आर्थिक आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले डोटीमा ३ दिने व्यवसाय विकास तथा वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ।
    दलित महिला संघ फेडोको आयोजना र के.आई.सिंह गाउँपालिकाको सहकार्यमा साउन २१ देखि २३ गतेसम्म सञ्चालन भएको हो ।
    २५ जना दलित महिलाहरूको सहभागिता रहेको तालिममा व्यवसाय योजना निर्माण, व्यवस्थापन, प्रतिस्पर्धी बजारमा प्रवर्धन र बिक्रीका रणनीतिहरू, उच्च मूल्यका उत्पादनमा आधारित उद्यम विकास, र सरकारी तथा निजी क्षेत्रका नीतिगत जानकारी समेत दिने उदेश्यले तालिम संचालन गरिएको दलित महिला संघ फेडो डोटी जिल्ला संयोजक शंकर वि.क ले बताए |
    कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मिना बिष्टले महिलाहरूको आर्थिक सशक्तिकरणका लागि सीपमूलक तालिमहरू अपरिहार्य रहेको बताउँदै आगामी दिनमा पालिकाको तर्फबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन।
    वडा नं. ४ का अध्यक्ष जयलाल धामीले महिलाहरूको उद्यमशीलता स्थानीय आर्थिक विकासको आधार हुनेमा विश्वास व्यक्त गर्दै महिलाहरुलाई साना साना व्यवसायमा लाग्न अनुरोध गर्नुका साथै स्थानीय उत्पादनमा जोड दिन आग्रह गरे |
    तालिमको सहजीकरण यज्ञ बहादुर रावलले गरेका थिए |
    सहभागी महिलाहरूले सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै तालिमले आफ्नो व्यवसायिक सोच र आत्मविश्वासमा वृद्धि गरेको अनुभव सुनाएका थिए।

  • धार्मिक अगुवा संग अन्तर्कृया कार्यक्रम सम्पन्न ।

    श्रावण २४,डोटी
    सुबास नेपाली
    डि सि ए नेपालको आर्थिक सहयोग तथा सम बिकास केन्द्र नेपाल द्वारा संचालित पहुच परियोजना अन्तरगत शिखर नगरपालिका वडा नं ५,७ ,८ र ११  के आई सिंह गाउपालिकाको १,२ र ३ वडामा रहेका धामीझाँक्री ,धार्मिक अगुवा तथा समुहका महिलाहरु बिच लैंगिक हिंसा तथा जातिय छुवाछूत र हानिकारक अभ्यास न्यूनीकरणका लागि धार्मिक अगुवा संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    उक्त अन्तरक्रिया कार्यक्रममा शिखर नगरपालिका र के आई सिंह गाउपालिकाका ४० जना धार्मिक अगुवा,धामीझाँक्री र स्थानिय महिला समुहका महिलाहरुको सहभागिता रहेको थियो।
    अन्तरक्रिया कार्यक्रममा धार्मिक अगुवा तथा धामीझाँक्रीहरुले जातिय छुवाछूत तथा महिनावारी हाम्रो समाजको कुप्रथा रहेको बताएका छन।
    शिखर नगरपालिका वडा न१० का धामि डम्मरे सुताराले भने
    छाउपडी हुनु अभिशाप होइन। कुनै पापको प्रतिफल पनि होइन। यो त नियमित प्रक्रिया हो। फल लाग्नका लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, न त उनीहरुलाइ देउताले नै छुट्टै राख भन्छन्।

    यस्ता जातिय छुवाछुत र छाउपणि कुप्रथा परम्परा बिरुद्ध समाजमा जनचेतना फैलाउनु पर्ने धामी गिरि दमाईले बताए।

  • स्थानिय अधिकार कार्यक्रम जोरायल गाउपालिकामा संचालन हुने

    नरेन्द्र बहादुर वि.क.
    सिलगढी, डोटी

    सम विकास केन्द्र नेपाल, डोटी र एक्शनएड नेपालको साझेदारीमा संचालन हुन लागेको स्थानिय अधिकार कार्यक्रम जोरायल गाउपालिका वडा नं. १ देखि ६ सम्म संचालन हुने भएको छ । उक्त कार्यक्रम अन्तरगत सम विकास केन्द्र नेपाल डोटीका अध्यक्ष श्री केशब परियारको अध्यक्षता, जोरायल गाउपालिकाका अध्यक्ष श्री दुर्गा दत्त ओझाको प्रमुख आथित्यता र गाउपालिकाका उपाध्यक्ष श्री जमुना बोहराको विशिष्ट आथित्यतामा आज एक कार्यक्रमका विच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जोरायल गाउपालिका वडा नं. १ देखि ६ सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकाका विषयगत शाखा प्रमुखहरु, महिला संजालका प्रतिनिधिहरु, दलित, युवा र किशोरीहरु सहभागीता रहेको थियो । उक्त कार्यक्रमले दलित, महिला, वालवालिका र सिमान्तकृत समुदायको अधिकार, गुणस्तरिय सार्वजनिक शिक्षा, जलवायु न्याय र हरित जिविकोपार्जनको क्षेत्रमा पहुँच गर्ने उद्देश्यले कार्यक्रम संचालन हुन लागेको कुरा संस्थाका कार्यकारी निर्देशक महेश त्रिखत्रिले जानउनु भएको छ । कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष दुर्गा दत्त ओझाले यो पालिकामा स्थानिय अधिकार कार्यक्रम संचालन गर्नु भएकोमा धन्यवाद दिदै पालिका बाट हुने सहयोगको लागी हामी सदै अगाढी हुने कुरा व्यक्त गर्नु भएको छ । उक्त परिचयात्मक कर्यक्रमको संचालन स्थानिय अधिकार कार्यक्रमका कार्यक्रम संयोजक नरेन्द्र बहादुर वि.क. ले गर्नु भएको थियो ।

  • पाँच वर्षमा डोटीका ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाए

    श्रावण १७,डोटी

    डोटी जिल्लामा पाँच वर्षको अवधिमा सवारीसाधन दुर्घटनामा परि ६० जनाले अकालमा ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म ६० जनाको गाडी दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ जना पुरुष, १४ जना महिला, पाँच जना बालक र तीन जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
    पाँच वर्षको अवधिमा ४५ ओटा सवारी साधन दुर्घटनामा परेका छन् । सबै भन्दा बढी ट्याक्टर दुर्घटना परेका छन् । ट्याक्टर १६, जिप १५, मोटरसाइकल सात, बस दुई, ट्रक दुई र अन्य तीन ओटा सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यो अवधिमा एक सय छ जना घाइते भएका छन् । प्रहरीका अनुसार ५९ जना पुरुष, ३६ जना महिला, सात जना बालक र चार जना बालिका रहेका छन् ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सात ओटा सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यु र नौ जना घाइते भएका छन् । पाँच ओटा जिप, एक ट्याक्टर र एक ट्रक दुर्घटना हुँदा १० जना पुरुष र दुई जना महिलाको मृत्यु भएको हो । आर्थिक वर्ष २०८०/८१ मा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका थिए । यो वर्ष तीन ओटा जीप, चार ट्याक्टर एक मोटरसाइकल र एक अन्य गरि नौ ओटा सवारी साधन दुर्घटनामा परेका थिए । मृत्यु हुनेमा पाँच जना महिला, तीन जना पुरुष, एक बालक र दुई बालीका रहेका छन् ।

    त्यस्तै आर्थिक वर्ष २०७९/८० मा तीन जिप, दुई मोटरसाइकल, दुई ट्याक्टर र एक ट्रक गरि आठ ओटा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो भने दश जना घाइते भएका थिए । यस वर्ष मृत्यु हुनेमा छ जना पुरुष, दुई जना महिला र एक बालक रहेका छन् । आव २०७८/७९ मा १३ ओटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कमा छ । एक बस, दुई जिप, आठ ट्याक्टर, दुई मोटरसाईकल दुर्घटनामा परेका हुन् । यस वर्ष दुर्घटनामा परि नौ जना पुरुष, एक महिला, तीन जना बालक र एक बालिका गरि १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
    आर्थिक वर्ष २०७७/७८ मा पनि चार महिला र दश जना पुरुष गरि १४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ र ३७ जना घाइते भएका छन् । यस वर्ष एक बस, दुई जिप, दुई मोटरसाइकल, एक ट्याक्टर र दुई अन्य गरि आठ ओटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
    गुणस्तरहीन सडक, चालकको लापरबाही, सवारी साधनको कमजोर अवस्था, तीव्र गति तथा क्षमता भन्दा बढी यात्रु राख्नाले डोटीमा सावरी साधन दुर्घटना घटिरहेको प्रहरी निरीक्षक जोशीको भनाई रहेको छ । साथै ट्राफिक नियमको उल्लङ्घन, मादक पदार्थको सेवन गरी गाडी चलाउनु, यात्रु, पैदल यात्रु तथा सर्वसाधारणमा ट्राफिक चेतनाको कमीले पनि पढी दुर्घटना भइरहेको प्रहरी निरीक्षक जोशीले बताउनु भयो ।
    दुर्घटना न्यूनीकरणका लागि नियमित ट्राफिक चेकिङ, राजमार्गमा पीकेट डिउटी मार्फत आकस्मिक चेक जाँच, सचेतना अभिवृद्धि अन्तर्गत सवारी चालक, यात्रु, पैदल यात्रु र सर्वसाधारणमा जनचेतना मूलक कार्यक्रम सञ्चालन, विद्यालय, कलेज र समुदाय स्तरमा ट्राफिक सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन, सडक सुरक्षा सम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन, लापरबाही पूर्वक सवारी साधन चलाउने चालकलाई जरिवाना र कारबाही गर्ने गरिएको तथा आवश्यक र व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थितिलाई सशक्त बनाइएको जिल्ला प्रहरी कार्यालय डोटी बताएको छ ।

  • वर्षाले अवरुद्ध बनेका सडक मर्मत गर्दै डोटीका स्थानीय

    एकेन्द्र चन्द, डोटी आफ्नो गाउँ आफैं बनाउ भन्ने उद्देश्यका साथ लगातारको वर्षाले भत्किएका स्थानीय सडकहरु मर्मत गर्न डोटीका स्थानीय आफैँ जुटेका छन्। सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भएपछि डोटीको जोरायल गाउँपालिका वडा नम्बर -६ को पहलमा वडाका  आमा समुह , महिला समुह स्वास्थ्य समुह लगायतको सक्रियतामा वडाका विभिन्न टोल जाने ग्रामीण सडक मर्मत गरिएका छन । बर्षाले सडकमा पहिरो गएपछी  सवारीसाधन चल्न नसक्ने अवस्था आएको थियो ।जस्ले गर्दा   विद्यालय जानेदेखि लिएर बिरामी बोकेर स्वास्थ्य संस्था पुग्न समेत कठिन हुन थालेपछि स्थानीयले गैंतीर कोदालोका भरमा सडक खुलाउने काम थालेका हुन्  सडक सघै खानेपानी मर्मत , निर्माणाधीन अवस्थामा रहेको नेपाल टेलिकमको निरौली स्थिति टावर सम्म बिधुत लाइन बिस्तार चौतारी सरसफाइ लगाएतका काम गरेको जोरायल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो । श्रमदान मार्फत सानिगाड , डाडागाउ र  ,खसरे,सिरोडा,गुनड,देउथला हुँदै जोरायल जाने सडक,खसरे, सुनारि,खतेना बगिडा पातल ,आरुबटा न्वाली ,ग्वानी सडक  सर्सफाइ तथा मर्मत गरिएको निरौली महिला विकास समाजका अध्यक्ष रिता बोहराले बताउनुभयो। पहिले विकास निर्माण कार्य गर्दा श्रमदान पनि गर्ने गरिन्थ्यो अहिले श्रमदान गर्ने क्रम लगातार घटिरहेको छ । विकास आफ्नै लागि भएकाले आफूहरू श्रमदानमा खटिएको स्थानीयले बताएका छन्।

  • पाँच वर्षमा डोटीका ६० जनाले सवारी दुर्घटनामा ज्यान गुमाए

    श्रावण १७,डोटी

    डोटी जिल्लामा पाँच वर्षको अवधिमा सवारीसाधन दुर्घटनामा परि ६० जनाले अकालमा ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म ६० जनाको गाडी दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ जना पुरुष, १४ जना महिला, पाँच जना बालक र तीन जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
    पाँच वर्षको अवधिमा ४५ ओटा सवारी साधन दुर्घटनामा परेका छन् । सबै भन्दा बढी ट्याक्टर दुर्घटना परेका छन् । ट्याक्टर १६, जिप १५, मोटरसाइकल सात, बस दुई, ट्रक दुई र अन्य तीन ओटा सवारीसाधन दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । यो अवधिमा एक सय छ जना घाइते भएका छन् । प्रहरीका अनुसार ५९ जना पुरुष, ३६ जना महिला, सात जना बालक र चार जना बालिका रहेका छन् ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सात ओटा सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यु र नौ जना घाइते भएका छन् । पाँच ओटा जिप, एक ट्याक्टर र एक ट्रक दुर्घटना हुँदा १० जना पुरुष र दुई जना महिलाको मृत्यु भएको हो । आर्थिक वर्ष २०८०/८१ मा ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका थिए । यो वर्ष तीन ओटा जीप, चार ट्याक्टर एक मोटरसाइकल र एक अन्य गरि नौ ओटा सवारी साधन दुर्घटनामा परेका थिए । मृत्यु हुनेमा पाँच जना महिला, तीन जना पुरुष, एक बालक र दुई बालीका रहेका छन् ।

    त्यस्तै आर्थिक वर्ष २०७९/८० मा तीन जिप, दुई मोटरसाइकल, दुई ट्याक्टर र एक ट्रक गरि आठ ओटा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको थियो भने दश जना घाइते भएका थिए । यस वर्ष मृत्यु हुनेमा छ जना पुरुष, दुई जना महिला र एक बालक रहेका छन् । आव २०७८/७९ मा १३ ओटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीको तथ्याङ्कमा छ । एक बस, दुई जिप, आठ ट्याक्टर, दुई मोटरसाईकल दुर्घटनामा परेका हुन् । यस वर्ष दुर्घटनामा परि नौ जना पुरुष, एक महिला, तीन जना बालक र एक बालिका गरि १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
    आर्थिक वर्ष २०७७/७८ मा पनि चार महिला र दश जना पुरुष गरि १४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ र ३७ जना घाइते भएका छन् । यस वर्ष एक बस, दुई जिप, दुई मोटरसाइकल, एक ट्याक्टर र दुई अन्य गरि आठ ओटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
    गुणस्तरहीन सडक, चालकको लापरबाही, सवारी साधनको कमजोर अवस्था, तीव्र गति तथा क्षमता भन्दा बढी यात्रु राख्नाले डोटीमा सावरी साधन दुर्घटना घटिरहेको प्रहरी निरीक्षक जोशीको भनाई रहेको छ । साथै ट्राफिक नियमको उल्लङ्घन, मादक पदार्थको सेवन गरी गाडी चलाउनु, यात्रु, पैदल यात्रु तथा सर्वसाधारणमा ट्राफिक चेतनाको कमीले पनि पढी दुर्घटना भइरहेको प्रहरी निरीक्षक जोशीले बताउनु भयो ।
    दुर्घटना न्यूनीकरणका लागि नियमित ट्राफिक चेकिङ, राजमार्गमा पीकेट डिउटी मार्फत आकस्मिक चेक जाँच, सचेतना अभिवृद्धि अन्तर्गत सवारी चालक, यात्रु, पैदल यात्रु र सर्वसाधारणमा जनचेतना मूलक कार्यक्रम सञ्चालन, विद्यालय, कलेज र समुदाय स्तरमा ट्राफिक सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन, सडक सुरक्षा सम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन, लापरबाही पूर्वक सवारी साधन चलाउने चालकलाई जरिवाना र कारबाही गर्ने गरिएको तथा आवश्यक र व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थितिलाई सशक्त बनाइएको जिल्ला प्रहरी कार्यालय डोटी बताएको छ ।

  • डोटीबाट प्रशासनको टोली पूजा सामग्री (पेटारो) बोकेर बडीमालिका प्रस्थान गरेको छ ।

    डोटीबाट प्रशासनको टोली पूजा सामग्री (पेटारो) बोकेर बडीमालिका प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि आज जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा टोली पैदल यात्रा गर्दै प्रस्थान गरेको हो ।
    प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले विशेष पूजाआजा गरी टोलीलाई विदाइ गरेका छन। सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरिको संयुक्त टोलीले सलामी दिएर पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालयबाट विदाई गरिएको हो ।

    टोलीमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी, स्थानीय पूजारी तथा सन्तको सहभागिता रहेको छ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट हरेक वर्ष सरकारी टोली पेटारोसहित पैदल जाने गर्दछ । डोटीको प्रसिद्ध शैलेश्वरी मन्दिर, नाट्यश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी उक्त टोली बडीमालिका प्रस्थान गर्ने प्रचलन चल्दै आएको छ । परापूर्वकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो।
    जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणाकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ ।
    जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका-१ फुलौटमा बास बस्ने छ । दोस्रो दिन पूर्वीचौकी-५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ ।